समाचार

सांसदहरुले अव राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने

काठमाडौं । सांसदहरुले अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने भएका छन् । संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने जनाएको छ । अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । यसअघि सांसदहरुले निजी बैंकबाट तलब भत्ता बुझ्दै आएका थिए

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक बोलाएको छ । बैठक पेरिसडाँडामा आज (आइतबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने तयारी गरिएको छ । यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल

प्रहरीमा राजनितिक हस्तक्षेप, एआइजीको सङ्ख्या थप्ने सरकारको तयारी

काठमाडौं । प्रहरीको भावी नेतृत्वको एकल दाबेदार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल यति बेला तनावमा छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको सिफारिसमा पोखरेल एआईजीमा बढुवा भएका हुन्। पोखरेल तनावमा हुनुको प्रमुख कारण हो, ओलीकै पालामा अर्का डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा। भक्तपुर घर भएका थापाले एआईजीमा बढुवा हुन एमालेकै नेता महेश बस्नेतमार्फत तत्कालीन प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए। बस्नेतले केही दिनअघि मात्रै युवा संघको

हस्ताक्षरमा आएर रोकियो ओली नेपाल एकता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ । निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन । आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको मागमा ओली असहमत हुँदा विवाद निरूपणमा समस्या आएको हो । ‘एमालेभित्र पार्टी अध्यक्ष ओलीसरह नै

विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पुष्टि

काठमाडौं । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख

नेपाल प्रहरीमा तह र दर्जा थपिदै

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने गरी गरेको लामो समयको अध्ययनपछि चारवटा तह र तीनवटा दर्जाको संरचना थप्न गृह मन्त्रालयमा प्रस्ताव गरेको हो । यसरी कुल चार तह र तीन दर्जा गरी सातवटा संरचना थप गर्ने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई तीन साताअघि प्रस्ताव पठाएको प्रहरी उच्च

कक्षा १२ पास गरेकोलाई भारतमा छात्रवृत्तिको अवसर

काठमाडौं । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् । भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा जानकारी गराएको हो ।

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा

थप ३३६५ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २३३५ जना र एन्टिजेन परीक्षणबाट १०३० जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा १४ हजार २४२ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ५५५ र एन्टिजेन परीक्षण ४ हजार ६८७ भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १३७३ जना कोरोना

कांग्रेसले ८, माओवादी केन्द्र र जसपाले ७/७ मन्त्रालय पाउने गरी गठबन्धनको सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७