समाचार

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना खोप लगाउन अनलाइन दर्ता अनिवार्य

काठमाडौं । काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउन अनलाइन दर्तालाई अनिवार्य गरिएको छ।स्वास्थ्य कार्यालय काठमाडौंले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूहका व्यतिले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोरोनाविरुद्धको खोप लगाउने पाउने जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा विद्युतीय दर्ता नम्बर लिएरमात्र खोप लगाउन पाउने भन्ने उल्लेख भएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। ‘मिति २०७८/०४/०१ को पत्रमा उल्लेख भएकोले काठमाडौं जिल्लाका ५० वर्ष वा सो भन्दा मुनिका

मन्दिरको सुन चोर्ने पाँच जना ६ महिनापछि पक्राउ

काठमाडौं । बैतडीको प्रहरीले एक मन्दिरको सुन चोर्ने पाँच जनालाई ६ महिनापछि पक्राउ गरेको छ। दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन चोर्ने पाँच जनालाई पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ। गत पौषमा लटिनाथ मन्दिरको ९ तोला सुन चोरीएको थियो। उक्त सुन चोर्नेमा दोगडाकेदार १ रीमका २० बर्षीय धनबहादुर कार्की, ३५ बर्षीय केशव सार्की, सोही ठाउँका लालबहादुर कार्की र हरिकृष्ण सार्की रहेका छन्। उनीहरु सबैलाई प्रहरीले पक्राउ गरेको

गुरुजनहरुलाई सम्मान गर्दै आज गुरु पूर्णिमा पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले

शाही नेविसंघ सिटिइभिटी जिल्ला समन्वय समितिको संयोजकमा मनोनीत

नेपाल बिद्यार्थी संघ CTEVT कालिकोट जिल्ला समन्वय समितिको संयोजकमा निराजन शाहिलाइ मनोनीत गरिएको छ। समितिका अध्यक्ष महेन्द्र जंग शाहिले कालिकोट जिल्ला अध्यक्षमा शाहिलाइ मनिनित गरिएको जानकारी दिए। समितिले रिक्त रहेका विभिन्न जिल्लाहरुमा संयोजक तोक्ने कार्य गरिरहदा बालाजु स्कुल अफ इन्जिनियरिङमा इकाइ सचीव समेत रहेका निराजन शाहिलाइ नेविसंघ CTEVT कालिकोट जिल्ला समन्वय समितिको अध्यक्षमा मनोनीत गरिएको हो। कालिकोट जिल्लमा CTEVT अन्तर्गत धेरै शिक्षालयमा विद्यार्थी र सरोकारवाला बिचको समन्वय तथा शैक्षिक सुधार

प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती बढेको भन्दै थप सुरक्षाकर्मी परिचालन

काठमाडौं । सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उहाँलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ । राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उहाँको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उहाँको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए । ‘अहिले उहाँमा सुरक्षा

स्वास्थ्यका मापदण्ड पालना गर्दै इद मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् । कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर

मन्त्रीमण्डल भागभण्डा सहमति नजिक, नेपाल समूहलाई पनी सरकारमा ल्याउने तयारी

काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य नेताहरूबीच सामान्य छलफल भएको भए पनि ठोस कुरा नभइसकेको बताउँछन् ।

आज बकर इद घरघरमै मनाउदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठान भवनमा बैठक बस्न लागेको हो । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज अपरान्ह ३ बजे बैठक बस्ने जानकारी दिए । सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले