समाचार

इजरायलद्वारा १ हजार जना श्रमिकको माग

काठमाडौं । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको विज्ञापन सार्वजनिक गरिएको छ ।वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । १ हजार कामदार माग भएसँगै कसरी पठाउने

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखी सञ्चालन हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्। वैशाखमा हुनुपर्ने परीक्षाको कोर्ष फागुन चैतमै सकेको थियो। कोरोना उच्च जोखिमका कारण सरेको परीक्षा चाार महिनापछि साउन ३१ गतेदेखि सञ्चालन हुने तय भएको छ। परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएपछि विद्यार्थीहरूलेनै आफुले अध्ययन गरेका विषयवस्तुहरू लेख्ने र पढ्ने बानी बिर्सेको भन्दै विद्यालयहरूमा

चैतसम्म तीन करोड मात्राभन्दा बढी खोप ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याउने गरी तयारी अगाडि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाका लागि ६० लाख मात्रा

देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली हुनुका साथै केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ भने सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको

कर्णाली नदी छेउछाउको बस्ती बाढी पहिरोको उच्च जोखिममा

काठमाडौं । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य तथा जनसंखया मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी माननीय उमेश श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा

राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्तिको अझै टुंगो लागेन

काठमाडौं । राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाइ गरेको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई अपदस्थ गरेको थियो । नयाँ सरकार गठन भएसँगै तत्कालीन उपाध्यक्ष डा। पुष्पराज कँडेलसहित अन्य सदस्यहरू पदमुक्त भएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १२ दिन पुगिसकेको छ । यसबीचमा सरकारले आयोगमा उपाध्यक्षसहित सदस्यहरू नियुक्त गर्न कुनै सुरसार नै कसेको देखिँदैन । प्रधानमन्त्रीले अध्यक्षता गर्ने राष्ट्रिय योजना आयोगमा

तीन स्वर्ण र एक कास्यसहित चीन ओलम्पिकको शीर्ष स्थानमा

एजेन्सी – जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक -२०२०) मा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले पहिलो दिनको खेल सकिदासम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गर्दै शीर्षमा रहेको छ । ओलम्पिकमा प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई–दुई रजतसहित दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर,

सइबाट इन्सपेक्टर बढुवा सिफारिस विवादमा

काठमाडौं । करिब ६ महिनाको अन्योलतापछि नेपाल प्रहरीमा सइबाट इन्सपेक्टरमा भएको बढुवा सिफारिस विवादमा परेको छ । एकातर्फ प्रहरी नियमावलीमै नभएको प्रावधान प्रयोग गरी बढुवा गरिएको छ र अर्काेतर्फ बढुवामा नेताको पिएसओ र विवादास्पद अधिकृतहरु परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका पिएसओ हिमालय बिक्रम शाह, पूर्व सभामुख कृष्णबहादुर महराका पिएसओ डबल बहादुर बम लगायत बढुवामा परेका छन् । उनीहरु २०६३ सालमा सइ भएपनि पावरकै आधारमा बढुवामा परेका छन् । संगठनका

कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । उहाँका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको