आज निर्जला एकादशी, घर घरमा तुलसीको बिउ राखिदै
काठमाडौं। आज निर्जला एकादशी, आआफ्ना घरको मठमा तुलसीको बिउ राखिँदै छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बिउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले