समाचार

सुर्खेतको पिपिरा चोक दिनभर तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-११ स्थित पिपिरा चोक तनावग्रस्त बनेको छ। आइतवार पत्रकार खिमप्रसाद पोखरेलको दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएपछि आफन्तले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका हुन् । सडकमा टायर बालेर र नारा जुलुसले यातायातका साधन आवतजावतमा अवरोध गरेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरी प्रदर्शनकारीलाई तितरवितर पारेकाे थियाे । आइतवार दिउँसो सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत कपासे नजिक दुर्घटनामा परी मोटरसाइकलमा सवार पोखरेल घाइते भएका थिए। घाइते

प्रहरीको १५ एसएसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले सोमबार प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेका हुन् । मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ । विस्तृत विवरण यसप्रकार छ । प्  

प्रहरीका १६ डिआइजीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले डिआइजिहरुकाे सरुवा गरेको छ । साेमबार प्रदेशहरुमा डिआइजिहरुकाे हेरफेर गरिएकाे हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा धीरज प्रताप सिंहको सरुवा भएको छ। यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए। त्यस्तै डिआईजी अरुण बिसीको एक नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ। दुई नम्बर प्रदेशको प्रहरी प्रमुखमा रमेश रन्जितकार, बागमति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ। यस्तै गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी

चितवनमा कांग्रेसको चुनावी चहलपहल सुरु

चितवन । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन् । यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने जनाएपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी सभापतिको दौडमा छन् । पूर्वसांसद

आज निर्जला एकादशी, घर घरमा तुलसीको बिउ राखिदै

काठमाडौं। आज निर्जला एकादशी, आआफ्ना घरको  मठमा तुलसीको बिउ राखिँदै छ ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बिउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले

सङ्खुवासभामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु

सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ।सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो। गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोमा आइतबार बेलुकी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।घाइते दुवैलाई स्थानीयले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए।रासस

एक साताविचमा खाने तेलको मुल्य घट्यो

काठमाडौं । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गरे । विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको

साउनबाट दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गरिने

काठमाडौं । यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक   अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र  वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने, “पीभीसी  कार्डमा  स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको  हुन्छ ।’’

बाढीले मनाङको सिङ्गो बस्ती बगायो

मनाङ । नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन। तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो। संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी

गण्डकीमा विपक्षी गठबन्धनको भागभण्डा मिल्यो, मन्त्रालय तोक्न बांकी

पोखरा । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको नयाँ सरकार बनेसँगै कुन दलको भागमा कति मन्त्रालय भन्ने टुंगो लगाएको छ । मुख्यमन्त्रीसहित ११ मन्त्रालय रहेको प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले चार–चार मन्त्रालय पाएको छ । यस्तै, जनता समाजवादीले दुई मन्त्रालय पाउने भएको छ । सरकारको नेतृत्व गरेको कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् भने अब थप दुई मन्त्री थपिँदैछन् । यस्तै, सत्ता गठबन्धनको अर्को हिस्सेदार