सिनेमा ‘ए साथी सुन’को टिजर सार्वजनिक


  • सिनेमा 'ए साथी सुन'को टिजर सार्वजनिक

    अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको सिनेमा ए साथी सुनको थ्रिलर टिजर सार्वजनिक गरिएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले सिनेमाको रिलिज पोस्टपोन्ड भएकको जानकारी समेत दिएको छ ।

    यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । प्राविधिक काम नसकिएकाले सिनेमाको प्रचार प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु परेकको जानकारी दिएको छ । अब सिनेमा नयाँ २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।



  • लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम सिनेमा समेत हो ।

    राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

    https://youtu.be/g3NA6hpFSak

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *