आईसीसी विश्वकप लिग २ : पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित


  • आईसीसी विश्वकप लिग २ : पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित

    आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत सोमबार भएको खेलमा पपुवा न्युगिनी(पीएनजी)माथि नेपालले कीर्तिमानी जित निकालेको छ ।

    टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो ।

    जितका लागि पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले ३३ रन र अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए । कुशल मल्लले अविजित १२ रन बनाए ।



  • त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुँदै जम्मा ९५ रन मात्रै जोड्न सक्यो ।

    पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् ।

    नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले कीर्तिमानी बलिङ गरे । उनले १० ओभरमा २५ रन खर्चिएर ५ विकेटको कीर्तिमानी योगदान दिए । ललित नारायण राजवंशी र कुशल मल्लले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।

    यो जितसँगै नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा पुगेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेल यूएईसँग बिहीबार खेल्नेछ ।बिहीबारको खेल जित नेपाल जिम्बाबेमा हुने विश्वकप छनोट खेल खेल्न पाउने छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *