‘नाईं नभन्नू ल ६’ को पहिलो गीत रिलिज

'नाईं नभन्नू ल ६' को पहिलो गीत रिलिज

काठमाडौं : नयां वर्षका अवसर पारेर आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाईं नभन्नू ल ६’को पहिलो गीत रिलिज गरिएको छ।

सोमबार निर्माण टिमले शरद शंकर र बेनिशा पौडेलको आवाज रहेको ‘दिउँला माया’ बोलको गीत रिलिज गरेको हो ।गीतमा विकाशराज आचार्यले शब्द, शरद शंकरको संगीत रहेको छ ।

गीतको भिडियोमा नायिका आँचल शर्मा र नव नायक आशिर्वाद क्षेत्रीको अभिनय हेर्न सकिन्छ ।

बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई समावेश गरिएको चलचित्रमा विकाश आचार्यको निर्माण र निर्देशन रहेको छ ।

चलचित्रको कथा एवम् पटकथा लेखनमा निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गरेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको उत्कृष्ट छायांकन रहेको छ ।

आख्यान फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना लगायतको समेत प्रमुख भुमिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *