पत्रकारीताको आडमा व्यावसायीलाई धम्क्याउदै उदय श्रेष्ठ


  • पत्रकारीताको आडमा व्यावसायीलाई धम्क्याउदै उदय श्रेष्ठ
  • नेपालगन्ज : नेपालगंजमा रहेर पत्रकारीता गरिरहेका उदय सिंह श्रेष्ठलाई प्रहरीले मेडिकल व्यवसायीलाई धम्की दिँदै लाखौं रुपैयाँ माग गरेको आरोपमा पक्राउ गरेको छ।

    सोमबार साँझ पक्राउ परेका उदयले मेडिकल व्यवसायीलाई आफूले माग गरेको पैसा नदिए समाचार हालेर व्यवसाय नै ध्वस्त पारिदिने धम्की दिदै आएको जाहेरी परे पश्चात् बांके प्रहरीले पक्राउ गरेर थप अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डीएसपी) दिपक पातलीले बताए ।

    श्रेष्ठले मेडिकल व्यवसायीलाई अति दुख दिएर पैसाको बार्गेनिङ गरेको र नदिएमा समाचार हालेर भण्डारफोर गरिदिने धम्की दिदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पातलीले जानकारी दिएका छन् । 

    बारम्बार धम्की आउँदा मेडिकल व्यवसायीले घटनाबारेमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरी आएपछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



  • पैसाको कुरा आएको छ," डीएसपी पातली भने-" बैंक ट्रान्जेक्सन समेत हेरेर अनुसन्धानलाई अगाडि बढाउछौ।"

    बाँके प्रहरीका अनुसार उदयले विभिन्न व्यक्ति र व्यवसायीलाई लक्षित गर्दै सामाजिक सञ्जालहरूमा सामग्री सार्वजनिक गर्ने र बार्गेनिङको माध्यम बनाउँदै आएका थिए । उदयबाट कैयौं पीडित भएको बताइएको छ। 

    श्रेष्ठले केही तस्कर र प्रहरी कर्मचारीबाट पनी फेसबुकमा स्टाटस हालेकै भरमा र समाचार वनाइदिन्छु भन्दै धम्क्याएर पैसा असुल्ने गरेको समेत खुलेको छ।सुरक्षाखवरवाट साभार

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *