शिक्षकको आन्दोलन फिर्ता, आजबाट विद्यार्थी भर्ना सुरु


  • शिक्षकको आन्दोलन फिर्ता, आजबाट विद्यार्थी भर्ना सुरु
  • काठमाडौं : २९ दिनदेखी चलिरहेको शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ ।सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । 

    बुधवार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । तीनै सहमतिका विषय मन्त्रिपरिषद्बारा पारित भएका थिए । आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आज बिहीवारबाट नै विद्यार्थी भर्ना सुरु हुने भएको छ ।



  • शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको मन्त्री पन्तले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *