‘मायामा भुल’ मा नवराजको डेव्यु अभिनय 


  • ‘मायामा भुल’ मा नवराजको डेव्यु अभिनय 
  • नेपालगन्ज : गायक शिव जिएमको कौडा गीत ‘मायामा भुल’ मार्फत निर्देशक नवराज सुनेदीले अभिनयमा डेब्यु गरेका छन्। आज शनिवार नेपालगन्जमा एक कार्यक्रम गरी मोफसलमा रहेर कलाकारितामा व्यस्त कलाकर्मी बिच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    दिपक घर्ती मगरको शब्द, केशव बडूको संगीत संयोजन रहेको गितमा  गायक जीएमसंगै गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । नेपाली मौलिक पहिचान बोकेको यस गीतको भिडियोको सबै छायांकन बाँकेको खजुरा-१ सैनिकमा गरिएको निर्देशक नवराज सुवेदीले वताए ।

    लामो समयदेखी सय वढी गीतको भिडियो निर्देशन गरेका  लोकप्रिय निर्देशक नवराज सुवेदीले ‘मायामा भुल’ कौडा गीत मार्फत अभिनयमा डेब्यु गर्दा खुसी लागेको वताए । उनले अवका दिनमा निर्देशनसंगै अभिनयलाई पनी संगसंगै लैजाने वताए । निर्देशक सुवेदी मोफसलका व्यस्त भिडियो निर्देशक हुन ।



  • भिडियोमा निर्देशक सुवेदी, गायक जीएम, दुर्गा राना र एलिसालाई देख्न सकिन्छ । यो गीत गायक शिव जीएमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

    कार्यक्रममा दुई दर्जन बढि कलाकार, संगीतकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *