सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुंदा धनुषामा ६ जना सशस्त्र प्रहरी घाइते


  • सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुंदा धनुषामा ६ जना सशस्त्र प्रहरी घाइते
  • जनकपुर : धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुंदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । धनुषाको विदेह नगरपालिका-२ वैदेही दुहबीस्थित नेपाल-भारत सीमा नजिक भिडन्त भएको हो ।

    धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको समुहमा पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट ६ जना घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।



  • स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको सशस्त्र प्रहरीले धनुषाले जनाएको छ।तस्करहरुलाई स्थानीयहरुले सघाएपछि सशस्त्र प्रहरी उक्त अवैध सामान बरामद गर्न असफल भएको हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *