नेपालगन्ज नाइट रन एम्समा आवद्ध 


  • नेपालगन्ज नाइट रन एम्समा आवद्ध 
  • नेपालगन्ज : नेपालमा हुने एकमात्र रात्री दौड नेपालगन्ज १०के नाइट रन वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)मा विधिवत आवद्ध भएको छ ।

    संविधान दिवसका अवसरमा हरेक वर्ष असोज ३ गते राति नेपालगन्जस्थित सुर्खेतरोडमा हुने १० किलोमिटर दौड गत बर्षदेखि सुरु भएको हो । यो आवद्धतासँगै एम्सबाट प्रमाणित दुईवटा इभेन्ट हुने नेपालगन्ज नेपालमै पहिलो सहर बनेको छ । यसअघि धारा नेपालगन्ज म्याराथन नेपालकै पहिलो पुर्णकालीन सदस्य हो ।



  • नेपालगन्ज म्याराथन सञ्चालन हुने रुट नेपालमा सबैभन्दा सजिलो मानिन्छ । एम्समा आवद्ध भएसँगै यसले एम्सको ग्लोबल क्यालेन्डरमा स्थान पाउँछ । 'यसले गर्दा सहरको ब्रान्डिङमा सघाउँछ ।' संस्थापक अध्यक्ष टीएस ठकुरीले भने-'सहभागी हुन इच्छुक विदेशीलाई पनि अपडेट गराउँछ ।' ठकुरी नेपालका लागि एम्सका दुत हुन् । नेपालगन्ज म्याराथनको छातामुनि काठमाडौं 25 के नेपाल हेरिटेज रन, कर्णाली हाफ म्याराथन, नेपालगञ्ज १०के नाइट रन, गौघाट ग्रीन रन हरेक बर्ष हुनेगरी सुरु भएका छन् । यी सबै दौडको क्रमशः सदस्यता लिंदै जाने तयारी रहेको ठकुरीले बताए । गत महिना काठमाडौं २५ के नेपाल हेरिटेज रेसका साथै नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स र एम्सकाो बोर्ड बैठक काठमाडौंमा भएको थियो । सोही क्रममा एम्स अन्तरराष्ट्रिय अध्यक्ष स्पेन निवासी पाको बोराओले नेपालगन्ज म्याराथनको रुट अवलोकन गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *