नेपालगंज : एन.आई.सी एसिया बैंकले घातक रोग बीमा अन्तर्गत पिड़ित लाई सो को बिमादाबी रकमबापत रू १० लाख उपलब्ध गराएको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले क्यांसर जस्तों घातक रोग बाट लड़ीरहेको अवस्थामा पीड़ित खजुरा ४ की पम्फा तिवारी लाई रू १० लाख रुपैयाको चेक आईतबार प्रदान गरेको हो ।

बैंकको खजुरा शाखा कार्यालयमा सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोल्नु भएका पीड़ित तिवारीको खातामा उपलब्ध घातक रोग बीमा वापतको रकम उहाँलाई लुम्बिनी प्रदेश क्षेत्र न. ५ का प्रमुख मनोहर ठगुराठीले १० लाख रुपैयाँको चेक आइतबार पीड़ित स्वयं लाई हस्तान्तरण गर्नू भएको हो ।
बैंकले लागु गरेको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बण्डल सहज खाता योजना अन्तर्गत पीड़ित तिवारी को खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको लुम्बिनी प्रदेश क्षेत्र नं ५ का प्रमुखले जानकारी दिनूभएको छ ।