नेपालगंज : नेपालगंज वसपार्कबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–४ बसपार्कस्थित वाइपास नजिकबाट १ थान कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित नेपालगंज नगरपालिका–९ र वडा नं १३ बस्ने १७/१७ वर्षिय दुई किशोरलाई गए राति करिव १२ बजे अस्थाइ प्रहरी पोष्ट वसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ई–रिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेलगत्तै आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको र यस सम्बन्धमा बांके प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

वसपार्क प्रहरी अहोरात्र खटिएकै कारण कुनै ठुलो घटना हुनबाट जोगिएको स्थानियहरु वताउछन । आज पेस्तोल सहित पक्राउ नपरेको भए सायद कुनै अप्रिय घटना पनी घट्न सक्ने वताउदै प्रहरीको सक्रियताले अपराधीहरु निरुत्साहित हुने वताए । दुई दिनअघी मात्र वसपार्क प्रहरीले ठुलो मात्रामा लागु औषधसहित ४ जनालाई नियन्त्रणमा लिएको थियो ।