८ मन्त्री र दुई राज्यमन्त्री सहित ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने तयारीमा


  • ८ मन्त्री र दुई राज्यमन्त्री सहित ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने तयारीमा

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटामा भेटवार्ता गर्दैछन् ।
    जसपामा एक पक्षले अर्को पक्षलाई कारवाहीको तयारी भइरहेकै बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल हुन लागेको हो । स्रोतका अनुसार जसपाका अन्य मागको बारेमा पनि छलफल हुनेछ । छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको स्रोतको भनाई छ । ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी हुने तयारीमा लागेका छन् । नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग ओलीले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने तयारी गरेको स्रोतको भनाई छ ।
    ठाकुर निकट स्रोतका अनुसार कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको थियो । आइतवारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको हो । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *