उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने


  • उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

    काठमाण्डौ । तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले  बताए । त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । ​आतिसबाजी नगर्न र पटाका नपड्काउन शनिवार बिहानबाट माइकिङ गरिने काठमाडौंका एसएसपी भरत बोहराले बताए । स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । गत वर्ष ललितपुरमा म्ह पुजामा बालेको दीयोबाट आगो सल्किएर ग्यास सिलिन्डर विष्फोट भएको सो । सो दुर्घटनामा परेर एकै परिवारका ४ जनाले ज्यान गुमाएका थिए । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *