मनकामना बस दुर्घटना: पाँचको मृत्यु, २५ जना घाइते


  • मनकामना बस दुर्घटना: पाँचको मृत्यु, २५ जना घाइते

    काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शनालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान ४ बजे भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परि २५ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको प्रहरीले जनएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *