डडेल्धुरा एमालेमा ओलीविरुद्ध स्थानीय कमिटी


  • डडेल्धुरा एमालेमा ओलीविरुद्ध स्थानीय कमिटी

    काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लिएर नेकपा एमाले डडेल्धुरामा भाँडभैलो भएको छ । प्रतिनिधि सभातर्फका उम्मेदवारहरू कर्णबहादुर मल्ल र विक्रमबहादुर शाहीको विषयले डडेल्धुरा एमालेमा भाँडभैलो भएको हो । नेकपा एमालेले डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका शाहीलाई समर्थन गरेको छ भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले शाही आधिकारीक नभएको बताए । स्थानीय कमिटीलाई कसैलाई समर्थन गर्ने अधिकार नरहेको समेत उनले बताए ।
    ओलीले भने– ‘लोकतान्त्रिक कांग्रेस बनाउँछौँ भनेर कांग्रेसमा विद्रोह गरेका कर्णबहादुर मल्ललाई एमालेले डडेल्धुरामा समर्थन गरेको छ, हामी हाम्रो प्रतिवद्धतामा अडिग छौँ, मल्ललाई समर्थन गर्छौँ, अरु कसैलाई होइन, मैले सुने कसैले वक्तव्य निकाल्यो भन्ने, त्यो वक्तव्य निकाल्ने त्यहाँको स्थानीय कमिटीलाई अधिकार छैन । कसलाई समर्थन गर्ने कल्ला उम्मेदवार तोक्ने अधिकार छैन । केन्द्रले जसलाई उम्मेदवार तोकेको छ, समर्थन गरेको छ, अधिकारिकता त्यही हो । कसैलाई मन परे पनि नपरे पनि हामीले कर्ण मल्ललाई नेकपा एमालेको केन्द्रले सर्मथन गरको छ । एमालेले कुनै बागीलाई सर्मथन गर्न भन्ने भ्रम नपाले पनि हुन्छ ।’
    यता प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीले भने एमालेका पुराना नेता शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ । एमालेले कांग्रेस बीपीसँग तालमेल गर्ने भन्दै आधिकारिक उम्मेदवारी फिर्ता लिएपछि देउवाविरुद्ध एमालेको उम्मेदवारी खाली भएको थियो । तर, अन्तिम समयमा बीपी कांग्रेसले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेपछि एमालेले उक्त समझदारी अन्त्य भएको जनाएको थियो । समन्वय कमिटीका अध्यक्ष प्रेम बहादुर बोहरा र सचिव शिवराज ताम्राकारद्वारा आज जारी गरिएको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका शाहीलाई नै समर्थन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । यस अघि जिल्ला कमिटीले पनि शाहीलाई समर्थन गर्ने निर्णय गरिसकेको थियो ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *