लोसपाको घोषणापत्र सार्वजनिक


  • लोसपाको घोषणापत्र सार्वजनिक

    काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ । पहिचानसहितको संघीयता, लोकतान्त्रिक समाजवाद, समानुपातिक प्रतिनिधित्व एवं सहभागिता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्यायपालिका, सुशासन, रदाचार र भ्रष्टाचारमुक्त समाजमा जोड दिइएको छ । घोषणापत्रमार्फत लोसपाले सक्षम नेतृत्व, प्रभावकारी सेवा र भ्रष्टाचाररहित स्थानीय सरकार बनाउन लागिपर्ने प्रतिबद्धता जनाएको छ । यस्तै व्यवहारिक शिक्ष, महिला सशक्तीकरण, कृषिको आधुनिकीकरण, चुरे संरक्षण, जेष्ठनागरिकको हित, युवा सशक्तीकरणका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । चुनावका लागि यसअघि नै प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पाटीं (जसपा) र राप्रपाले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *