चुनावपछि पनि गठबन्धनकै सरकार बन्छ : देव गुरुङ


  • चुनावपछि पनि गठबन्धनकै सरकार बन्छ : देव गुरुङ

    लमजुङ । नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।
    लमजुङ दूधपोखरी गाउँपालिका–६ गौँडामा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए । प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । ‘प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शङ्का नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ’, उनले भने ।
    खानेपानी, सडक, यातयात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताए । लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *