प्रधान्मन्त्री देउवा र प्रचण्डबीच सहमति जुटेन


  • प्रधान्मन्त्री देउवा र प्रचण्डबीच सहमति जुटेन

    काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।   शुक्रबार साँझ भएको छलफल शनिबार दिउँसो फेरि छलफल गर्ने गरी सकिएको हो । प्रचण्ड निकट एक नेताले भने, ‘शनिबार दिउँसो फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको छ । अहिलेको गठबन्धनको नै सरकार बनाउने गरि छलफल भएको छ । छलफल सकारात्मक भयो ।’ शनिबार साँझ वा आइतबार दिउँसोसम्म परिणाम निकाल्ने गरि छलफल भएको बताएको छ । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्यका कारण उनी सहभागी थिएनन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *