गोली लागेर घाइते भएका भारतीय नागरिक शिवपुजनको मृत्यु


  • गोली लागेर घाइते भएका भारतीय नागरिक शिवपुजनको मृत्यु

    काठमाडौं । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भारतीय नागरिकको मृत्यु भएको छ ।
    प्रहरीका अनुसार भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *