महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त


  • महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् ।
    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता डा. पोखरेल प्यूठानको झिमरुक गाउँपालिका– ४ निवासी हुन् । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *