‘आँधी तुफान-२’ माघ २७ मा रिलिज हुने


  • ‘आँधी तुफान-२’ माघ २७ मा रिलिज हुने

    काठमाडौं । चेलिबेटी बेचबिखनको विषयवस्तुलाई आधार बनाएर निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार यो फिल्मको वितरण आरआर फिल्मस्ले गर्ने भएको छ । सो कम्पनीसँग छलफलका क्रममा रिलिज मिति तय भएको हो ।
    चलचित्रमा सञ्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइरालालगायतको अभिनय छ ।
    मदन घिमिरे निर्देशित फिल्ममा छायाँकन रामशरण उप्रती, नृत्य कमल राई र अभि वाग्ले, संगीत सुरेश अधिकारी र विक्रम थापा, शब्द रचना हरी उपे्रती र दीपेन्द्र खड्काको रहेको छ भने विनुसा राई र अर्जुन लिम्बुको स्वर छ । फिल्ममा प्रेम चुल्ठेको द्वन्द्व निर्देशन र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *