प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता


  • प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
    प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारूढ दलका शीर्ष नेतासँग छलफल गर्दैछन् । शनिबार बिहान प्रधानमन्त्रीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । उनीहरूबीच पनि मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *