एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने


  • एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

    काठमाडौं । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने भएको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङका अनुसार पार्टी अध्यक्षको निर्णयले स्थायी कमिटी सदस्य घिमिरेलाई घिमिरेलाई अघि सार्ने निर्णय भएको हो ।
    प्रतिनिधिसभाको सभामुखका लागि बिहीबार बिहान ११ बजे निर्वाचन तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन छ । यसअघि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा समेत सभामुखका लागि दाबेदार थिए । सत्ता गठबन्धनको सहमतिअनुसार सभामुख एमालेको भागमा परेको छ । सोहीअनुसार पार्टीले घिमिरेलाई सभामुखमा अगाडि सारिएको नेम्बाङले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *