रा.वा.बैकको ५८ औं वाषिर्कोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


  • रा.वा.बैकको ५८ औं वाषिर्कोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५८ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रादेशिक कार्यालय नेपालगंज साथै ६ वटै प्रादेशिक कार्यालय परिसरमा एकै पटक रक्तदान गरेको छ । यही माघ १० गते हुने ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बुधबार आफ्नो केन्द्रीय कार्यालय तथा लुम्बिनी प्रदेशसहित ६ वटा प्रादेशिक कार्यालय परिसरमा एकै पटक रक्तदान कार्यक्रम गरेको हो । पुर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकले लामो समयदेखी आफ्ना सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्नुका साथै जनउपयोगी तथा सामाजिक उत्तरदायित्व बहन समेत गर्दै आएको छ । बुधवार लुम्बिनी प्रादेशिक कार्यालय नेपालगंजमा सन्चालन गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने ब्यक्तिलाई लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रवन्धक दिनेश गौतमले बैंकको लोगो अंकित टिसर्ट र प्रमाणपत्र प्रदान गरेका थिए। रक्तदान कार्यक्रममा भेरी अस्पताल परिसरस्थित रक्तसंचार सेवा केन्द्रले प्राविधिकरूपमा सहयोग गरेको थियो । बैंकले वार्षिकोत्सवको अवसरमा यही माघ ७ गते शनिबार लुम्बिनी प्रादेशिक कार्यालयबाट प्रभातफेरि गर्ने र माघ १० गते मंगलबार बार्षिकोत्सव मनाईने कार्यालयका उप-प्रवन्धक ईलम बहादुर खडकाले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *