नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापामा अवतरण


  • नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापामा अवतरण

    काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको ४४० विमान चन्द्रगढी विमानस्थलमा अवतरण गरेको काठमाडौं विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट गरिएको हो ।
    मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *