हिरासत तोडेर धनुषाबाट ६ थुनुवा फरार


  • हिरासत तोडेर धनुषाबाट ६ थुनुवा फरार

    जनकपुर । धनुषामा ६ जना अभियुक्त फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ अभियुक्त फरार भएका हुन् । भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । फरार भएकाहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *