माओवादी स्थायी समिति बैठक बस्दै


  • माओवादी स्थायी समिति बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बिहिबार बोलाइएको स्थायी सतिति बैठक पटक पटक सरेर आज (शनिवार) अपरान्ह १ बजेका लागि बोलाईएको हो । समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनस् गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसके पछि शनिवार १ बजे बोलाईएको हो । रास्वपाले बिहिबान नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि अन्ततस् पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहिबार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि आज १ बजे बोलाईएको हो ।
    बैठकले मुख्यतस् रास्वपासँगको बिबाद र केन्द्रिय बिभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *