प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली


  • प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा खटपट चलिरहेको छ । अवैध नागरिकताका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको पद गुमाएका थिए । तर नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने सोही पदमा पुनः फर्कने कसरतमा छन् । तर, प्रधानमन्त्री दाहाल भने पासपोर्ट लगायत विषय अझै विवादमा रहेको र लामिछानेको नागरिकताबारे अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय आफूसँग नै राख्ने पक्षमा छन् ।
    यसबाट रुष्ट बनेको रास्वपाले गृहमन्त्रीबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दिएको दुइ दिने अल्टिमेटम आज सकिंदै छ । रास्वपाको बिहिबार बसेको केन्द्रिय समिति र संसदिय समिति बैठकले दुई दिनमा गृह मन्त्रालय रास्वपाले नपाए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । एमाले अध्यक्ष ओली भने रविलाई नै सो पदमा फर्काउने पक्षमा छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *