सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सिंहको राजीनामा स्वीकृत



  • काठमाडौं । 
    नागरिकतामा उमेर विवादमा परेका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले डीआईजी सिंहको राजीनामा स्वीकृत भएको पत्र गृह मन्त्रालयबाट आइसकेको बताए ।राजीनामा दिनुअघिसम्म सिंह सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका थिए । 



  • उनीमाथि गलत जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको आरोप छ ।

    प्रहरी नियमावलीको नियम १२९ उपनियम (ख) अनुसार एसएसपी र डीआईजीको राजीनामा प्रहरी महानिरीक्षकको सिफारिसमा  गृहमन्त्रीले स्वीकृत गर्ने व्यवस्था छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *