हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात आजबाट एकीकृत कारोबार सुरु


  • हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात आजबाट एकीकृत कारोबार सुरु

    काठमाण्डौ ।
    हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। प्रप्त्तिपछि “हिमालयन बैंक लिमिटेड” नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु भएको हो ।

    नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो। केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो। राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैँकले एकीकृत कारोबार सुरु गरेको हो। प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं महानगरपालिका वडा नं २८ कमलादीमा रहेको छ।



  • हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एक विशेष समारोहबीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे। उनले प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडि बढ्नका लागि भएको बताए। त्यसैगरी आजबाट बैंकले हर्षोल्लासका साथ नेपालभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएम बुथबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्नेछ।

    हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैकको सञ्चालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै सञ्चालक समिति रहनेछ भने बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नै रहेनछन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *