राप्रपाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै


  • राप्रपाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

    मकवानपुर । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राप्रपा संसदीयदलका नेता उद्धव थापाले शनिवारवाटै सरकार छाड्ने घोषणा प्रदेशसभाको बैठकमा गरेका छन् ।



  • शनिबार बसेको प्रदेशसभा बैठकमा खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री थापाले सरकारबाट अलग भएर अर्को बैठकबाट प्रतिपक्षमा बस्नेघोषणा गरेका हुन् । उनले औपचारिकरुपमा प्रदेशका मुख्यमन्त्रीलाई सामूहिकरुपमा शनिबार नै राजीनामा बुझाउने बताएका छन् ।उनले प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्ने बताए ।

    उनले राप्रपाले संवैधानिक राजतन्त्र, वैद्धिक सनातन हिन्दु राष्ट्र निर्माण, संघीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीयतह निर्माण राप्रपाको एजेन्डा भएको बताए । प्रदेशसभामा राप्रपाका १३ सांसद रहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *