मलेसियामाथि सानदार जितसँगै नेपाल विश्वकप नजिक


  • मलेसियामाथि सानदार जितसँगै नेपाल विश्वकप नजिक

    काठमाडौं । आईसीसी यू-१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । आज (मंगलबार) यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो ।

    टस जितेर पहिला ब्याटिङ राजेको मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको थियो । नेपालले ९ ओभारमा कुनै पनि विकेट नगुमाई उक्त लक्षय पूरा गर्यो ।

    नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।



  • यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३५ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो । मलेसियाका लागि मोहम्मद मलेकले सर्वाधिक २६ रन बनाएका थिए । त्यस्तै मोहम्मद हरिसन र साहिर स्यामेलले १२/१२ रन बनाए ।

    नेपालका लागि दिपेश कण्डेलले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै आकाश चन्दले ३, मिलन बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

    यो जितसँगै आगमी वर्ष श्रीलंकामा हुने विश्वकपमा पुग्नबाट नेपाल एक जित टाढा रहेको छ । शीर्ष स्थानमा उक्लिएको नेपालले बिहीबार युएईलाई पराजित गर्न सके २०२४ मा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *