सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी


  • सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाँदै छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि क्यानले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि आज यूएई पठाउन लागेको हो ।

    क्यानका म्यानेजर विनोद दासका अनुसार सन्दीपको भिसा पनि आइसकेको छ । विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । 

    विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप यसअघि नेपाली राष्ट्रिय टिमसँग जानबाट बञ्चित भएका थिए । तर, सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेसँगै उनी यूएई जाने बाटो खुलेको हो ।



  • आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन् ।

    क्यानले आईसीसी घाइते एक खेलाडीको स्थानमा सन्दीपलाई राख्न पहल गरेको हो । आइसीसीले यसबारेमा निर्णय दिइसकेको छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *