चलचित्र पत्रकार संघमा समिर बलामीको नेतृत्वमा नयाँ कार्यसमिती चयन


  • चलचित्र पत्रकार संघमा समिर बलामीको नेतृत्वमा नयाँ कार्यसमिती चयन

    चलचित्र पत्रकार संघको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिती चयन भएको छ । समिर बलामीको अध्यक्षतामा चलचित्र पत्रकार संघ, नेपालको नयाँ कार्यसमिती चयन भएको हो । 

    संघको उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी ‘आवाज’ बिजयी भए । यस्तै, उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भए । 

    संघको महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नविन गिरी, समावेश सचिवमा उद्धव रसाइली विजयी भएका छन् । यस्तै, कोषाध्यक्षमा मनिषा कार्की बिजयी हुँदा सह–कोषाध्यक्षमा मनिष दाहाल निर्विरोध बिजयी भएका छन् । 



  • यस्तै, संघको कार्यसमिती सदस्यमा सुरेन्द्र थापा, सीपी जैसी, अनुप भट्टराई, निशा बजगाँई, अर्जुन गुरागाँई र कृष्ण पाण्डे बिजयी भएका छन् । यस्तै, संघको महिला सदस्यतर्फ सुष्मा कार्की बिजयी भइन् । संघको समावेशी सदस्यमा मोहमद जलिम बिजयी भएका छन् । 

    निर्वाचन अगाडि साधारण सभा उद्घाटन र त्यसपछि बन्दसत्र आयोजना गरिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *