दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो शुरु


  • दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो शुरु


    नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा शुक्रबारदेखी दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा जुडो प्रतियोगिता शुरु भएको हो ।


    प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले व्यानर पढेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष चौधरीले खेलकुदले सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गर्ने भन्दै गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए । खेलकुदमार्फत देशलाई बिश्वमै चिनाएको र यसले देशको प्रतिष्ठा बनाउन पनि मद्दत पुर्याउने भएकाले पालिकामा खेलसंग सम्वन्धित गतिबिधिका लागि गम्भीर रहेको समेत बताएका थिए ।



  • उद्घाटन कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष झंक बहादुर थापा, वडा नं ४ का वडा अध्यक्ष सगिर खाँ, ईलाका प्रहरी कार्यालय कम्दीका प्रमुख विष्णु शाही, जुडोका संस्थापक नोम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । लुम्बिनी प्रदेशका चार जिल्लाको खेलाडीहरुको सहभागिता रहेको कम्दी जुडो डोजोका अध्यक्ष एव प्रशिक्षक पदम बहादुर बुढाथोकीले बताए ।
    प्रतियोगितामा महिला पुरुषतर्फ ६ ६ बिद्यामा प्रतिस्पर्धा हुँदैछ । शनिबार समापन हुने प्रतियोगितामा महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
    लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दांङ, कपिलबस्तु र बाँकेको खजुरा, नेपालगञ्जका बिभिन्न स्थानमा रहेका एक सय ३० जना खेलाडीहरुको सहभागिता रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *