गायक डिजीलाई उत्कृष्ट समाबेशी म्यूजिक अवार्ड


  • गायक डिजीलाई उत्कृष्ट समाबेशी म्यूजिक अवार्ड

    काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो ।

    अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल भएका हुन । ‘तोहर नथियामा’ गायक प्रमोद डिजी र अन्जु चौधरीको स्वर रहेको छ ।



  • बाँके जिल्लाका बिभिन्न पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको म्युजिक भिडियोलाई निर्देशक नवराज सुबेदीले निर्देशन गरेका छन ।

    भिडियोमा चर्चित संचारकर्मी कृष्णराज अधिकारी र सोना बज्राचार्यको अभिनय रहेको छ । केशव बडुको संगीत, राम आरोहको शब्द रहेका गीतमा राम चौधरीले छायाँकन तथा सम्पादन गरेका छन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *