कलियुगका सन्तनु


  • कलियुगका सन्तनु
  • लघुकथा

    कलियुगका सन्तनुस्वर्गमा भएको गोला प्रथा अनुसार राजा सन्तनु र गंगाको भागमा नेपाल लेखेको चिट परेपछि काठमाडौँ छिरेकी गंगाले शारदे घाम छिर्ने बैठक कोठाको सोफामा बसेका  सन्तनुसँग भनिन् , स्वामी बिहेकै बखतमा हजुरले मैले जे जे भन्छु अवश्य मान्नेछु भन्ने बाचा सहित मलाई भित्र्याउनु भएकै हो।अब त्यो बाचा पूरा गर्ने दिन आएको छ । निकै गम्भीर मुद्रामा देखिएकी गङ्गाको आंखामा आंखा जुधाउंदै सन्तनुले भने , माग प्रिय तिमीलाई जे माग्नुछ ।



  • त्यसका लागि म तयार छु ।  पतिदेवको आज्ञा भुइँमा झर्न नपाउँदै गङ्गाले भनिन् । स्वामी हजुरले सत्ता सुखको आनन्द पटकपटक लिइसक्नुभएको छ अब बुढेसकाल पनि लागिसकेको छ कम्तिमा एकपटक यसको स्वाद म पनि चाख्न चाहन्छु ।  प्रिय तिमीले गम्भीर विषय उठाएकी छौ । त्यसोभए म भोलि नै शान्त तलाउमा ढुंगा हान्छु यदि तलाउ पुरै तरङ्गित भयो भने सम्झ तिम्रो यो इच्छा अवस्य पूरा हुनेछ ।

      नभन्दै देशको राजनीति तरंगित भयो । आलोपालोको विषयमा सत्ता केही वर्ष आफ्ना हातमा आउने पक्का भए पछि सन्तनु जत्ति खुसी देखिन्थे अझ बढी खुशी गङ्गा देखिइन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *