नेपालगन्जबाट दैलेख जाँदै गरेको सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु


  • नेपालगन्जबाट दैलेख जाँदै गरेको सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

    नेपालगन्ज : ग्यास सिलिन्डर बोकेर नेपालगन्जबाट दैलेखतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

    भे १ क २२०१ नम्बरको ट्रक बुधबार विहान पौने ९ बजेतिर दैलेखको गुराँस गाउँपालिका तालपोखरीमा दुर्घटना भएको हो। दुर्घटनामा परी बाँकेका ३० वर्षीय चालक कृष्ण चौधरी , कामदारहरु दाङका लक्षिराम चौधरी र विष्णु चौधरीको घटनास्थल मै मृत्यु भएको बताइएको छ।



  • ट्रक तालपोखरी झर्ने छोटो बाटो नजिक मोडमा ब्रेक फेल भइ माथिल्लो सडकबाट चिप्लिएर करिब २५ मीटर तल्लो सडकमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    ओरालो सकिएर मोडमै आइपुग्दा चालकले ब्रेक लागेन भनेपछि सहचालक प्रकाश कुमाइले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । कुमाइले मृतकहरुको जिल्ला र अन्दाजी उमेर बताएकोले उनीहरुको पहिचान खुल्न आएको अस्थायी चौकी तालपोखरीका इञ्चार्ज देबराज कठायतले बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *