वसन्त कुँवर प्रहरीको ३० औं आईजीपी नियुक्त


  • वसन्त कुँवर प्रहरीको ३० औं आईजीपी नियुक्त

    काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको ३० औ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

    कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।



  • आईजीपीको दाबेदारका अन्य एआईजीमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । कुँवर डीआईजी र एआईजीमा पहिलो वरियतामा बढुवा भएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *