फ्रान्सको शानदार जीत


  • फ्रान्सको शानदार जीत

    पेरिस । कप्तान केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित दर्ता गरेको छ ।पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुई गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४-० को शानदार जीत हासिल गरेको हो ।

    एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए । छ मिनेटपछि डिफेन्डर डायोट उपामेकानोले टोलीको अग्रता दोब्बर बनाए । २१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि व्यक्तिगत ३७ औँ गोल गर्दै अग्रता फराकिलो बनाए ।

    दोस्रो हाफमा एम्बाप्पेले अर्को गोल थप्दै जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर नेदरल्याण्डका मेम्फिस डिपायले पेनाल्टीबाट सान्तवना गोल गर्ने अवसर गुमाएका थिए ।



  • एम्बाप्पेलाई कप्तान बनाएकोमा ग्रिजमान असन्तुष्ट रहेको रिपोर्टहरू सार्वजनिक भए पनि शुक्रबारको खेलमा दुईबीच कुनै टकराब देखिएन । ग्रिजमानले एम्बाप्पेकै पासमा पहिलो गोल गरेका थिए ।

    यस जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ । नेदरल्यान्ड्स अंकविहीन छ । यही समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टारलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *