नेपालगन्जमा मनाइयो ‘हनुमान जन्मोत्सव’


  • नेपालगन्जमा मनाइयो 'हनुमान जन्मोत्सव'

    नेपालगन्ज : हरेक वर्ष झै यस् वर्ष पनि हनुमान जन्मोत्सव धुमधामका साथ मनाइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा घरघर एवं हनुमान मन्दिरमा रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी हनुमान जन्मोत्सव पर्व मनाइन्छ।

    यसैबीच, नेपालगन्जमा पनि बिहीबार हनुमान जन्मोत्सव निकै धुमधामका साथ मनाइएको छ। नेपालगन्ज स्थित हनुमान गौसाला आश्रममा हमुनान जन्मोत्सव मनाइएको हो।

    जन्मोत्सवको अवसरमा बिहीबार नेपालगन्जमा शोभा यात्रा समेत निकालिएको थियो। नेपालगन्जका विभिन्न चोकहरु परिक्रमा गर्दै गौसाला आश्रममा आएर शोभा यात्रा टुंगिएको थियो।



  • त्यसोत, जन्मोत्सवको अवसरमा बिहानैदेखि सुन्दरकाण्ड पाठ, भजन कीर्तन, महाआरती तथा विशाल भण्डारा समेत गरिएको छ। विशाल भण्डारामा हजारौं भक्तजनहरु सामेल थिए। हनुमान जीको प्रसाद भन्दै धेरै भक्तजनहरुले पुरी तरकारी ग्रहण गरेका छन् ।

    उक्त भण्डाराबाट बाटो हिड्ने बटुवा, स्कुले विद्यार्थी, मजदुर, व्यवसायी लगायतले भोजन ग्रहण गरि लाभ समेत लिएका थिए। नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट समेत शोभा यात्रामा सहभागी बनेर प्रसाद ग्रहण गरेका थिए।

    अत्यन्त बलशाली एवं सङ्कट विनाशक व्यक्तित्व हनुमानको पूजाआराधना गर्नाले चिताएको पुग्ने, डर, त्रासबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविदहरु बताउँछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *