‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक

'बिहे पास’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं : आगामी नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउन लागेको सिनेमा ‘बिहे पास’को शिर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार शिर्ष गीत सार्वजनिक गरेको हो। गीतमा लोकप्रिय गायक प्रताप दासको आवाज रहेको छ।

प्रेमिल अनि मेलोडियस सुनिने गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ। निर्माण टिमले लिसिकल भर्सनमा गीत सार्वजनिक गरेको हो।

लिरिकल भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र प्रकृति श्रेष्ठका फुटेजहरु देख्न सकिन्छ। गीतको सम्पादन र भिएफएक्स समीर मियाँले गरेका हुन ।

यो सिनेमालाई प्रवेश पौडेलले निर्देशन गरेका हुन्।
सिनेमाको कथा मर्रे केर,आकाश बराल र सजन काफ्लले लेखेका हुन भने पटकथा आकाश र सजनले बुनेका हुन् । सिनेमाको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,बुद्धि तामाङ,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *