कर्णाली सरकारबाट बाहिरियो एमाले


  • कर्णाली सरकारबाट बाहिरियो एमाले

    सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।

    गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लगिसकेपछि मात्रै सरकारलाई पूर्णता दिएका थिए ।

    शर्मालाई पहिलो पट्क नेपाली कांग्रेसका १४ सांसद बाहेक अन्य माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १/१ गरि २५ संसदले विश्वासको मत दिएका थिए ।



  • राप्रपाले गत फागुन १८ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लगेपछि चैत १७ गते दोस्रो पटक मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए । उनलाई दोस्रो पटकमा राप्रपा बाहेक अन्य सबै दलले विश्वासको मत दिएका थिए ।

    संघमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो । गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । मुख्यमन्त्री शर्माले भने एमालेका ३ मन्त्रीलाई चाहेर पनि बर्खास्त गर्न सकिरहेका थिएनन् । अब एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *