थप १३६ संगै सक्रिय संक्रमितको संख्या ४०१ पुग्यो


  • थप १३६ संगै सक्रिय संक्रमितको संख्या ४०१ पुग्यो

    काठमाडौं । शुक्रबार थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् । यसअघि बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो ।



  • नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही सातायता बढ्दो छ । हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएका छन् ।

    कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेटअनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *