राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी


  • राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । 

    मंगलबार अचानक बेहोस भएर शिक्षण अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो ।

    राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी भएको शीतलनिावास स्रोतले जानकारी दियो ।
    छातीमा संक्रमण देखिएपछि अघिल्लो साता तीन दिन त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर फर्किएका थिए ।



  • त्रिवि शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भए पनि अपेक्षित सुधार भने हुन सकेन । उनलाई थप समस्या भएपछि मंगलबार पुनः अस्पताल भर्ना गरिएको थियो ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलको उपचारका लागि भारत लैजान सरकारले समन्वय गरिरहेको छ ।
    सरकारले एयर एम्बुलेन्सको व्यवस्था गरेर राष्ट्रपति पौडेललाई दिल्ली पठाउने तयारी गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *