सातै प्रदेशमा मेघगर्जन र चट्याङसहित हावाहुरीको सम्भावना


  • सातै प्रदेशमा मेघगर्जन र चट्याङसहित हावाहुरीको सम्भावना

    काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ ।



  • आज राति देशभर आंशिक देखि  सामान्य  बदली  रहनेछ । कोसी  प्रदेश,  मधेश  प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा  बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि  मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको  सम्भावना रहेको छ । 

    हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको  प्रभाव रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *